Political Hightlights

जसपा सांसद सरिता गिरीद्वारा संविधान संशोधन विधेयकनै खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता

हिमालय टिभी
२०७७ जेठ २८ गते १७:२१
जसपा सांसद सरिता गिरीद्वारा संविधान संशोधन विधेयकनै खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता

२८ जेठ, २०७७, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन बिधेयकनै खारेजीको माग गर्दै संशोधन दर्ता गर्नुभएको छ ।

गिरीले आज संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा मूल संविधानको धारा ९ को उपधार २ सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ।

यो अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ।दफा दुईमा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।विधेयकमाथि मंगलवार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो ।र, त्यसमा जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

विधेयकलाई सांसद गिरीले प्रमाण र तथ्यविनाको दावी गर्नुभएको छ । गिरिले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गर्नुभएको थियो । गिरिले केही समय यता लगातार मुलुकको हित विरोधी गतिविधि गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

One thought on “जसपा सांसद सरिता गिरीद्वारा संविधान संशोधन विधेयकनै खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता

  1. यो सरिता गिरि नेपालको कि इन्डिया को
    हो गिरिको नेपाली कागजात चेक गर्नुपर्ने भो
    नेपालीले तिरेको कर बाट भत्ता खान छ गित चाहिँ
    Indian को गाएर नेपालीको ढुंkuडिकाे
    भत्ता thapne

Leave a Reply to Pralad shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्