Main News
ओमानमा रहेका नेपालीलाई असार १ गते नेपाल ल्याउने तयारी
२०७७ जेठ २८ गते ७:५८

२८ जेठ, २०७७ काठमाडौं । ओमानबाट प्राथमिकतामा परेका नेपालीलाई लिएर असार १ गते सलाम एअर नेपाल आउने भएको छ ।
प्राथमिकतामा परेका नेपालीलाई लिएर असार १ गते सलाम एअर नेपाल आउने तय भएको र फर्कने नेपाली आफैंले टिकट काट्नुपर्ने दूतावासले जनाएको छ ।
नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।
कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअरको कलसेन्टरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । नेपाल फर्कने नेपालीका लागि एयरलाइन्सले ३६ हजार एक सय ६ रुपैयाँ भाडा तोकेको छ ।
प्रतिक्रिया