कुटनीतिक सम्बन्ध विस्तारमा सरकार चुक्योः सांसद गिरि

२५ जेठ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले कुटनीतिक सम्बन्ध कायम गर्ने विषयमा सरकारले बुद्धिमतापूर्वक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उहाँले सरकारले राजदुत नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने अस्त्र बनाएका कारण कुटनीतिको क्षेत्रमा सरकार कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले कुटनीतिक सम्बन्ध स्थापित गर्नेमा गम्भीर बन्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले विदेशमा फुजलका राजदुतावास नबनाउन र कुटनीतिबारे प्रधानमन्त्रीलाई सही सल्लाह दिन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षता भएपनि सल्लाहकार ठिक नभएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “विदेश नीतिमा आइरहेका समस्या, एमएमसिको विवाद छ, रोड एण्ड बेल्डका बारेमा राय बनाउनुपर्नेछ । हामीले भर्खरै हिन्दुस्तानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौ । वायोशास्त्र /नक्सास्त्र । अब हामीले प्रयोग गरेको नक्सास्त्रलाई विफल हुन नदिन कुटनीति अपराउनुपर्ने हुन्छ । के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ ? त्यसमा हामीलाई म्याड्रिडको राजदुतावासले कुनै सहयोग गर्न सक्छ ? डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ ? गरे बरु बेइजिङले नै गर्ला ध्यान पुराउनुहोस् यदि तपाईलाई अगाडि बढ्नुछ भने । होइन भने हिन्दुस्तानसँग लेनदेन गरेर बदलिदो परिस्थितिमा गणतान्त्रिक ढंगले निर्णय गर्नुहोस् । राजा महेन्द्रलेजस्तो सुटुक्क एउटा चिठी पाएर एकातिर काम गर्ने अर्कोतिर अग्रभाषण गर्ने काम नगर्नुहोस् । ”
चीन, अष्ट्रेलिया लगायत मुलुकमा बन्दै गरेका नेपाली दुतावासका लागि सरकारले ठूलो बजेट छुट्याएको तर विदेशमा रहेका श्रमिकलाई उद्धार गर्न न्यून बजेट विनियोजन गरिएको भन्दै उहाँले दुतावासका भवन निर्माणको तुलना विदेशिन बाध्य भएका मजदुरसँग तुलना गर्न नसकिने तर्क गर्नुभयो । विदेशमा नेपालका दुईवटा दुतावास मात्रै नभएको भन्दै उहाँले ३० वटा दुतावासमध्येबाट कुन मापदण्डबाट दुईवटा दुतावास र काठमाडौंमा भवन निर्माण गर्ने निर्णय गरियो ? भनी प्रश्न गर्नुभयो ।
उहाँले दुतावासमा हुने अनावश्यक खर्च कटौति गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “परराष्ट्रमा नियोग चलाउँदा हामीले भूगोल हेर्नुपर्छ । हाम्रो मुलुकलाई आवश्यक पर्ने देश कसैले मन पराए पनि नपराए पनि हिन्दुस्तान हो , चीन हो । त्यसपछि छ भने अमेरिका हो । राजालाई हरेक शहरपिच्छे दरबार चाहिएजस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन । खर्च कटौति गर्नुहोस् ।”
चीन, अष्ट्रेलिया लगायत मुलुकमा बन्दै गरेका नेपाली दुतावासका लागि सरकारले ठूलो बजेट छुट्याएको तर विदेशमा रहेका श्रमिकलाई उद्धार गर्न न्यून बजेट विनियोजन गरिएको भन्दै उहाँले दुतावासका भवन निर्माणको तुलना विदेशिन बाध्य भएका मजदुरसँग तुलना गर्न नसकिने तर्क गर्नुभयो । विदेशमा नेपालका दुईवटा दुतावास मात्रै नभएको भन्दै उहाँले ३० वटा दुतावासमध्येबाट कुन मापदण्डबाट दुईवटा दुतावास र काठमाडौंमा भवन निर्माण गर्ने निर्णय गरियो ? भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो “सिंगो सरकारको आर्थिक दृष्टिकोण , कुन विचारधारमा हिडेका छौ । के छ हाम्रो दर्शन ? म सोध्न चाहन्छु परराष्ट्रमन्त्रीलाई विदेशका ती नियोगमा हामी कति व्यापार गर्छौ ? कति नोक्सानी भइरहेको छ ? तीनलाई हामी किन चलाइरहेका छौ ? मलाई थाहा छ परराष्ट्र नीतिका बारेमा हाम्रो देश चलाउने व्यक्तिलाई अत्यन्तै कम चासो छ र कम जानकारी छ । म आरोप लगाउन चाहन्छु । ”
प्रतिक्रिया