सांसद चौधरीले माफी माग्नुपर्ने सांसद अग्रहरिको माग, सत्तापक्षले जनाए आपत्ति (भिडियोसहित)

२३ जेठ, २०७७, काडमाडौं । सांसद अमृतादेवी अग्रहरिले सांसद गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने बताउनु भएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमासमय मागेर बोल्दै उहाँले १९ गतेको बैठकमा माननीय गंगा चौधरीलेले प्रयोग गर्नुभएको शब्दप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकषर्ण बताउँदै माननीय गगां चौधरीले माफी माग्नुपर्ने बताउनुभयो ।
सदनमा सांसदको रुपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पुरा गरेर आएको भन्दै उहाँले सबैको सम्मान गर्ने गरी मन्तव्य दिन पनि आग्रह गर्नुभयो । उहाँले हिन्दी भाषामा बोल्ने आफूहरुमाथि भेदभाव गरिदै आएको आरोप पनि लगाउनुभयो ।
सांसद अग्रहरिले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादाविपरीत नाम नै किटान गरेर अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाएका थिए ।
जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरिले आपत्ति जनाउनुभएको हो ।
सांसद सद्गौवाले भन्नुभएको थियो “अनुदानसँग जमिन स्वाभिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन । नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउँ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहसँष् सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याक्छन् अनि रअ का एजेण्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पूर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् । ”
जब जब नेपालमा विषेश परिस्थिति उत्पन्न हुन्छ भारत यसको फाइदा लिन खोज्छ र यश अभियानमा मधेशवादी दलहरु भरतको स्वार्थमा उभिन्छ।आज दृस्य अदृस्य रुपमा भारतद्वारा नेपालको भुमी मिचिएका छन। पछिल्लो पटक भारतले सिलसिलाबद्ध तरिकाले
राजनितिक नक्सामा कालापानी
लिम्पियाधुरा र लिपुलेक समावेश
समावेस गर्दा यी मधेसका मसिहाहरुको स्वर किन निस्किएन ? अनि नेपालको भुमी
प्रयोग गरेर मान सरोवर जोड्ने सडक उद्गघाटन गर्दा रमाउने अनि त्यसको बिरोध स्वरुप आफ्नो नक्सा जारी गर्दा चाहिँ भारतलाइ सोध्नुपर्ने ? यिनिहरुलाइ नेपालको सांसद भन्ने कि भारतीय सांसद ? देशको बिरुद्ध बोल्ने कोही नेपाली नागरिक हुन सक्छ ?