Political Hightlights
रुकुमको चौरजहारी घटना छानबिन गर्न संसदीय विशेष समिति गठन
२०७७ जेठ २३ गते १२:३३

२३ जेठ, २०७७, काठमाडौं । रुकुमको चौरजहारीमा भएको घट्नाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम १७७ बमोजिम घट्नाको छानबिन गरी अनुसन्धान प्रतिवेदन संसदमा पेश गर्ने गरी विशेष समिति गठन गरेको जानकारी दिनुभयो ।
जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको मृत्यु हुने गरी भएको घट्नालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्षकै सांसदहरुले संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।
आजको बैठकमा पनि प्रतिपक्षी कांग्रेसले विशेष समिति गठन नभए सदनमा सहयोग गर्न नसकिने बताएपछि सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिको संलग्नतामा संसदीय छानविन समिति गठन गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया