एमसीसीको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन

२१ जेठ, २०७७, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ संगठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षड्यन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए घरघरमा पुगेर आन्दोलन गर्ने बताउनुभयो । एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो ।
सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरेपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ ।
बुधबार नै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटना निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै प्रदर्शन गरिउको छ । २१ औं सताब्दीमा पनि मान्छेमान्छेविच हुने विभेद अन्त्य हुन नसकेको भन्दै प्रर्दशनकारीहरुले दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया