चट्याङ लागेर मोरङ र महोत्तरीमा गरी दुई जनाको मृत्यु

१९ जेठ, २०७७, काठमाडौं । हावाहुरीस र वर्षासँगै परेको चट्याङ लागेर मोरङ र महोत्तरीमा गरी दुई जनाको ज्यान गएको छ ।
च्यट्याङ लागेर मोरङको सुनवर्षी नगरपालिकामा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका ६ तालगाछीकी २८ वर्षीय नृत कुमारी दास रहेको प्रहरीले जनाएको छ ।
मकै टिपेर घर फर्किने क्रममा मध्यान्ह उनलाई चट्याङ लागेको थियो । साथै मोरङको रामचौक र धनपालथानमा ३ चौपायाको समेत चट्याङ लागेर मरेका छन्।
त्यसैगरी महोत्तरीमा चट्यांग लागेर एकको मृत्यु भएको छ । मेघ गर्जन र भारीसँगै सोमबार बिहान परेको चट्याङ लागेर जिल्लाको महोत्तरी गाउँपालिका–१ बस्ने महावीर यादवका छोरा ५५ वर्षीय ईन्दल यादवको मृत्यु भएको हो ।
सोमबार बिहान गाउँ नजिकैको चौरमा भैसी चराउँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । उनकोे शव आफन्तले दाह संस्कारका लागि जिम्मा लिएका छन ।
प्रतिक्रिया