समाज
दैलेखमा क्वारेन्टाइटमा बसेका एक जनाको मृत्यु
२०७७ जेठ १७ गते ११:५१

१७ जेठ, २०७७ दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ७ मा रहेको क्वारेन्टाईनमा वसेका एक जनाको मृत्यु भएको छ । उनी १२ दिन अगाडि भारतबाट आएका थिए ।
मृतकलाई दैलेखमा रहेको विद्युत कार्यालयमा राखिएको छ । उनको जेठ १५ गते नै स्वास संकलन गरी परीक्षणमा पठाइएको र आज नतिजा आएपछि कोरोना संक्रमणबाट मृत्यु भएको हो कि होइन भनेर पुष्टि हुने दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बसेका अधिकांशले उचित खाना तथा सरसफाई र स्वास्थ्य परीक्षण नभएको गुनासो गरेका छन् ।
प्रतिक्रिया