राजनीति
प्रदेश ३ को राजधानी हेटौंडा नै हुनुपर्छः अध्यक्ष थापा
२०७६ भदौ २० गते ७:१४

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुनु पर्ने दाबी गर्नु भएको छ ।
चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफ्नो गृहनगर भएकाले नभई राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौँडा राजधानीका लागि उपयुक्त भएको ठोकुवा गर्नुभयो ।
राप्रपा अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने पार्टीको माग रहेको दोहोर्याउनुभयो ।
प्रतिक्रिया