Political Hightlights
पाँच वर्षसम्म नेकपाकै सरकार, नेतृत्व परिवर्तनः प्रचण्ड
२०७६ भदौ २ गते ९:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव अघि पद नछोड्ने बताएको भोलिपल्ट सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली समझदारी अनुसार चल्नु पर्ने बताउनुभएको छ ।
जनकपुरमा पत्रकारसँग प्रचण्डले पाँच वर्षसम्म नेकपाको सरकार रहने भएपनि नेतृत्व फेरिन सक्ने संकेत गर्दै ओली समझदारी अनुसार चल्ने बताउनुभयो । तर उहाँले समझदारीको आशय भने खुलाउनुभएन ।
दुई नेताबीच पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्री बन्ने लिखित सहमति भएको थियो । प्रधानमन्त्री ओलीले हिजो प्रतिनिधिसभामा अर्को चुनावसम्म आफू नेतृत्वकै सरकार रहने बताउनुभएको थियो ।
र, त्यसैमा प्रचण्डको प्रतिक्रिया आएको हो । प्रचण्डले पार्टी एकताबाट गल्ती भएको भनि आफुले नबोलेको प्रष्टिकरण पनि दिनुभयो ।
प्रतिक्रिया