राजनीति
कोशी उच्च बाँधबारे सत्यतथ्य बाहिर ल्याउन माग
२०७६ साउन २६ गते १३:००

विराटनगर । प्रदेश–१ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोशी उच्चबाँध परियोजनबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ ।
प्रदेश सभा बैठकको विशेष समयमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कोशी उच्चबाँधको विषय संघीय सरकारको क्षेत्राधिकारमा पर्छ भनेर प्रदेश सरकार पन्छिन नमिल्ने बताउनुभयो ।
उहाँले कोशी उच्च बाँध निर्माणमा तीन वटै सरकारको सरोकार भएकाले प्रदेश सरकारले टुलुटुलु बसेर हेर्न नमिल्ने बताउनुभयो ।
नेता कोइरालाले बाँध निर्माण भएको खण्डमा यसबाट आसपासका क्षेत्रमा ठूलो नोक्सानी हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।
प्रतिक्रिया