राजनीति
विदेशीलाई नागरिकता दिने अधिकारीमाथि कारबाही गर्न माग
२०७६ साउन २१ गते १०:००

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता दिने सरकारी अधिकारीमाथि कारबाहीको माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद त्रिपाठीले विदेशीलाई नागरिकता दिने सरकारी अधिकारीमाथि पनि कारवाहीको माग गर्नुभएको हो । मन्त्रिपरिषदले नपाउनुपर्ने व्यक्तिले पाएका नागरिकता खारेज गरे पनि दिनेलाई कारवाही नगरेकोमा उहाँले आपत्ति जनाउनुभयो ।
त्रिपाठीले यस वर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र प्रभावित हुने भन्दै मलको व्यवस्था नगरेकोमा सरकारको आलोचना गर्नुभयो ।
प्रतिक्रिया