अब सामाजिक सञ्जालमा हुने विज्ञापनको पनि आधिकारिकता खोजिने

काठमाडौं । अब सामाजिक सन्जालमार्फत् गरिने विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकता चाहिने भएको छ ।
संसदको विकास तथा प्रविधि समितिले विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल गर्दै सामाजिक सन्जालमार्फत् गरिने विज्ञापन सम्बन्धी व्यवस्थामा सहमति जुटाएको हो ।
समितिले विधेयकको दफा १२ मा प्रकाशन वा प्रसारण गर्ने विद्युतीय अनलाइन, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभइ विज्ञापन गर्न नहुने व्यवस्था छ ।
त्यसमा सामाजिक सन्जाललाई पनि समेट्नु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसै अनुसार समितिले त्यसलाई पारित गरेको हो ।
सामाजिक सन्जालमा विज्ञापन सम्बन्धी कुनै कानूनी व्यवस्था छैन । अहिले निजी वा संस्थागतरुपमा जसले जहाँबाट पनि विज्ञापन गर्न सक्छ ।
प्रतिक्रिया