विपक्षीको आरोप निराधार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य इश्वर पोखरेलले विपक्षीले लगाएको अधिनायकवादी आपरोपमा कुनै सत्यता नभएको बताउनुभएको छ ।
राजधानीमा पैदल यात्री पुल उद्घाटना कार्यक्रममा उहाँले नेकपाका नेता कार्यकर्ता आवधिक निर्वाचनमा विश्वास गर्ने भएकाले अधिनायकवादी आरोपमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो।
उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनु भएका पोखरेलले मुलुक संघीयता गएपनि विभिन्न कानुन नबन्दा अलमल भएको भन्दै आगामी दिनमा सरकारले अलमललाई चिर्नेगरी काम गर्ने बताउनुभयो । विभिन्न जालझेलमा जनताको सम्पत्ति व्यक्तिको नाममा सार्ने दुष्प्रयासलाई वर्तमान सरकारले स्वीकार्न नसक्ने मन्त्री पोखरेलको भनाइ छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरुले ल्याएका नीति कार्यक्रमलाई विपक्षीले अवरोध गरेर कार्यान्वयन गर्न नदिएको आरोप लगाउनुभयो । उहाँले मेचलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएपछि धुलोमुक्त काठमाडौं बनाउने दावी गर्नुभयो ।
प्रतिक्रिया