राजनीति
प्रदेश ३ योजना आयोगका उपाध्यक्ष देवकोटाको राजीनामा
२०७६ असार ३१ गते ६:३९

काठमाडौं । प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले पदबाट राजीनामा दिनु भएको छ ।
डा. देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाँझिएर राजीनामा नदिएको प्रष्टीकरण दिनुभएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई विश्वास गरेर सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उहाँको भनाइ छ।
पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारले सधैँ साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने भएका कारण राजीनामा दिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया