राजनीति
विप्लव समूह जसरी आउँछ सरकारले त्यसरी नै जवाफ दिन्छः कृषिमन्त्री खनाल
२०७६ असार २६ गते १०:३१

काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले विप्लव समूह जसरी आउँछ सरकारले त्यसैगरी जवाफ दिने चेतावनी दिनुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा खनालले सरकार वार्ताका लागि तयार रहेको तर हिंसा नछोडे सशस्त्र ढंगले नै कारवाही गर्ने चेतावनी दिनुभयो । वार्ताका लागि विप्लव समूहले फौजी क्रियाकलाप छोड्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो ।
बुधबार मात्रै प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा भोजपुरमा एक प्रहरी र विप्लव समूहका ओखलढुंगा इञ्चार्जको ज्यान गएको थियो । सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएयता विप्लव समूहका आठ जना नेता कार्यकर्ता मारिएका छन ।
प्रतिक्रिया