भारतीय दवाबमा विषादी जाँचबाट सरकार पछि हट्यो

काठमाडौं । भारतको दबावका कारण त्यहाँबाटआयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ ।
भारतीय दूतावासले पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको जनाइएको छ । सरकारले भने विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगित गरेको दाबी गरेको छ ।
नेपाल–भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाइनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीति पूर्ण रुपमा कार्यान्वयन गरिने आपूर्ति मन्त्रालयले जनाएको छ ।
सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो ।
नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूतावासले पत्र नै लेखेपछि सरकार पछि हटेको हो ।
प्रतिक्रिया