Main News

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने

हिमालय टिभी
२०८० जेठ २९ गते १३:२३
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने

२९ जेठ २०८० काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको छ ।

बैठकमा सांसदहरूले कार्कीविरुद्ध परेका उजुरीमाथिको तथ्यमा आधारित भएर छलफल गर्दै चाँडो टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए । वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

जेठ १६ गते कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उहाँविरुद्ध ३० वटा उजुरी परेका छन् । उक्त उजुरीमाथि उजुरीमाथि सुनुवाइ शुरु हुनेछ ।

६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । हिजो मात्रै कामु प्रधानन्यायाधीश कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *