Breaking News

६ पटक थपियाे म्याद , तर सकेन कालिका कन्ट्रक्सनले काम, बढ्दै छ लागत मूल्य

काठमाडौं । समयमा काम नसक्ने निर्माण कम्पनीको छवी बनाएको कालिका कन्ट्रक्सनले महानगरपालिकामा सञ्चालित एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको काम ६ पटक म्याद थप गर्दासमेत सम्पन्न गर्न सकेको छैन् ।

एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भैरहेको यस परियोजना समयमा काममा काम नगर्नाले लागत पनि बढेको छ । २ अर्ब ३९ करोडमा निर्माणको ठेक्का लगाइएको परियोजनाको चार पटक भेरिएसन गरी ६ पटक म्याद थप गर्दा लागत ३ अर्ब १० करोडभन्दा माथि पुगेको छ ।

बिराटनगरमा सञ्चालित यस परियोजनाका लागि ठेकेदार सीटीसीई–कालिका कन्ट्रक्सन जेभीलाई चारपटक भेरिएसन गरी ६ पटक म्याद थप गरिसकेको छ । तर, अझै निर्माणको काम सकिएको छैन् ।

कालिका कन्स्ट्रक्सन विक्रम पाण्डेको कम्पनी हो । यो कम्पनीले स–साना ठेकेदार कम्पनीहरुसँग मिलेर देशैभरिका ठूला ठेक्कापट्टा हात लिने र समयमा काम सम्पन्न नगर्ने पाइएको छ । बिराटनगरमा पनि यस्तै ढिलासुस्तीका कारण दुई अर्बमा सकिने काममा तीन अर्ब स्वाहा भएको छ । तथापि राजनीतिक नेतृत्वमा रहेको पहुँचका कारण कालिकाले गरेको बदमासी कारवाहीको विषय नबन्ने गरेको सरोकावालाहरु बताउँछन् ।

सन् २०१३ डिसेम्बरमा सुरु भएको परियोजनाको समयसीमा सन् २०१६ मेसम्म तोकिएको थियो । तर ६ पटक समय थप गरी १५ डिसेम्बर २०१८ समय सीमा दिइएको छ । समयसीमा थप भएसँगै दुई अर्ब ३९ करोड रुपैयाको परियोजना लागत बढेर ३ अर्ब १० करोड रुपैयाँ भन्दा माथी पुगेको हो । महानगरपालिकाले ठेकेदारलाई ३ अर्ब ९ करोड रुपैयाँ भुक्तानी पनि गरिसकेको छ ।

shares