हाइसले माेटरसाइकललाई ठक्कर दिदा नेपालगञ्जमा शिक्षककाे मृत्यु

नेपालगन्ज,३ जेठ। कोहलपुर- नेपालगंज खण्डको त्रिभुवन हाईस्कूल नजिक हाइसको ठक्कर बाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ।

बुधबार राती साढे ८ बजेको समयमा भे १ ज ६५५ नम्बरको हाइसले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ४५ वर्षका ऋषिराम चापागाईंंको मृत्यु भएको प्रहरीले जनाएको छ । चापागाई पेशाले शिक्षक हुन ।

हाइसको ठक्करबाट गम्भीर घाइते भएका चापागाईंलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको हो । हाइस चालक फरार रहेपनि प्रहरीले हाइसलाई नियन्त्रणमा लिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र फरार हाइस चालाकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।