इरानी लडाकुद्वारा सीमाक्षेत्रमा भएकाे अाक्रमणप्रति पाकिस्तानकाे विराेेध

काठमाडाैं । पाकिस्तान- इरान सीमाक्षेत्र गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङमा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ ।

एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु हुनका साथै १४ जना घाइते भएका थिए । गोली हानाहानका क्रममा चारजना आक्रमणकारी पनि मारिएका थिए ।

पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणमा सहभागी सशस्त्र समूहलाई कार्यबाही गर्न इरानी राजदूत समक्ष आग्रह गरेको जनाएको छ । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

करिब ३० जनाको समूहमा आएका लडाकूले शुक्रबार गस्तीमा रहेको पाकिस्तानी सेनाको टुकडीमाथि आक्रमण गरेका थिए । इरानले शनिबार नै एक वक्तव्य प्रकाशन गरी उक्त आक्रमणको भत्र्सना गर्नुका साथै पाकिस्तानसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ ।

shares