Breaking News

साउन ११ र १२ गते भृकुटिमण्डपमा शैक्षिक मेला लाग्ने

काठमाण्डौ, ९ साउन । यूनिभर्सल टिच कन्सल्टको आयोजनामा यही साउन ११ र १२ गते राजधानीको भृकुटिमण्डपमा तेस्रो शैक्षिक मेला लाग्ने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा यूनिभर्सल टिच कन्सल्टले पत्रकार सम्मेलन गरेर उक्त शैक्षिक मेलाको बारेमा जानकारी दिएको हो ।
मेलाका निर्देशक लक्ष्मण लामिछानेले शैक्षिक मेलाको उद्देश्य गूणस्तरीय शिक्षामा जोड दिनु रहेको बताएका छन् ।

साथै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूको भविष्यको लागि उचित बाटो सिकाउनु अर्को उद्देश्य रहेको लामिछानेले बताए । त्यस्तै पत्रकार सम्मेलनमा मलाका संयोजक विशाल केसीले मेलामा उपत्यकाका ४० स्कुलको सहभागिता रहने जानकारी दिएका छन् ।

शिव दनैको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा संयोजक केसीले भने, ‘आफ्नो भविष्यमा के गर्ने भनेर सोचिरहनुभएका विद्यार्थीरूले भाग लिन सक्नुहुनेछ, आफ्नो भविष्यको बारेमा अनभिज्ञ हुनुहुन्छ भने उक्त मेलामा हामी उचित बाटो देखाउने छौं ।’

४० वटा स्कुलबाट ५ हजार विद्यार्थीहरूले मेला अवलोकन गर्ने आकंलन गरिएको छ ।

shares