साइबर अपराध विरुद्ध प्रहरीकाे अभियान

काठमाडाैं । ललितपुरकाे कुसुन्तीमा रहेको माछापुच्छ्रे स्कुलले बिद्यार्थी लक्षित सचेतना कार्यक्रम आयोजना गरेको छ ।

शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र बिद्यालयले संयुक्त रुपमा बिद्यालय प्रहरी सम्पर्क कार्यक्रमहरु गरेको हो ।

सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्सलगायतका कम्पनीका सिष्टममा आक्रमण भइरहे पनि सबै घटना बाहिर नआएका भन्दै यस्ताे कार्यक्रम आयोजना गरिएको हो ।

प्रहरीले  बिद्यार्थीहरुलाई साइबर क्राइमबाट कसरी जाेगिन सकिन्छ  भनेर सचेत गराउन याे कार्यक्रम आयाेजना गरको छ ।

साइबर अपराधी वा लुटेराहरुले लक्षित सहूह छान्दै अनलाइनमा सेक्स विज्ञापन, पोर्नोग्राफी वा अन्य सेक्स ब्यापार गर्ने र अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने जस्ता साइबर अपराध गर्दै  आएका छन् ।

प्रहरी कार्यालय रानीपोखरी इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ ।

 

साइबर क्राइमलाई सम्बोधन गर्न अन्तराष्ट्रिय एवं क्षेत्रीय रुपमा विभिन्न कानून बनेका छन् । संयुक्त राष्ट्र संघ, अन्तर्रा्ष्ट्रिय दूरसञ्चार युनियन, युरोपियन युनियन लगायतले आफ्ना सदस्य राष्ट्रका लागि साइबर अपराध विरुद्ध ऐन र नियम ल्याइरहेका छन् ।

दिनहुँ जसो ८ देखि १० जना यस्ता सञ्जालबाट पीडित भएको भन्दै महानगरिय अपराध अनुसन्धान शाखाअन्तर्गतको साइबर क्राइममा उजुरी टिपाउँछन् । सबै अपराधको तथ्याकं प्रहरीसँग छैन । प्रयाप्त मात्रामा साइभर सम्बन्धी कानुनको अभाबमा कबाही गर्न नसकेको प्रहरीको भनाइ छ ।

shares