सहमहामन्त्रीमा ७ जना रहने गरी मिल्याे का‌ंग्रेस विवाद

काठमाडाैं । विधान संशोधन मस्याैदामा सहमतिका लागि आज शीर्ष नेताहरुबीच छलफल हुँदै छ । विधान संशोधन मस्याैदामा सहमति नहुँदा नेपाली का‌ंग्रेसको महासमिति बैठक नै प्रभावित भएको छ । महासमिति सदस्यहरु घर फर्कन थालेका छन् ।

विधान संशोधनमा पदाधिकारीको संख्या र चयन प्रक्रियाबारे संस्थापन र असन्तुष्ट नेताबीच अझै विवाद छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी मनाेनयन गर्ने प्रस्ताव गरेपछि रामचन्द्र पौडेल समूह विराेधमा उत्रिएको छ । सहमतिका लागि महामन्त्री शशा‌ंक काेइरालाले १४ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव पेश गर्नुभएकाे थियो । त्यसमा सहमित नभएपछि फेरि १३ सदस्यीय पदाधिकारी बनाउने प्रस्तावमा सहमति जुटेकाे छ ।

प्रस्तावमा सभापति, उपसभापति र महामन्त्री दुई, सहमहामन्त्री ७ र कोषाध्यक्ष १ रहने उल्लेख छ । महासमिति बैठकमा पेस हुने राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमा भने नेताहरुबीच सहमति जुटिसकेको छ । यसअघि शीर्ष नेताबीच भएकाे पदाधिकारीकाे संख्या र चयन प्रक्रिया सम्वन्धि सहमति केन्द्रीय समितिले अश्विकार गरेकाे थियाे ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठककाे आज अन्तिम दिन हो । तर विधान संशाेधन प्रस्तावमा सहमित हुन नसक्दा महासिमित नै प्रभावित बन्यो । विधान संशाेधनकाे लक्ष्य साथ काठमाण्डौं आएका प्रतिनिधि निराश बनेर फर्कन बाध्य भएका छन्

shares