Breaking News

सरकार संघीयताको विपक्षमा उभिएको का‌ंग्रेस नेता निधिकाे आरोप

प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसले सरकार संघीयताको विपक्षमा उभिएको आरोप लगाएकाे छ ।

ललितपुरमा अाज संचारकर्मीसंग कांग्रेसका उपसभापति विमलेन्द्र निधीले सरकार संघीयता विरुद्ध उभिएकाे अाराेप लगाउनुभयाे । उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी समेत गर्नु भयो । उहाँले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढ्ने तयारीमा रहेको पनि बताउनुभयो ।

विमलेन्द्र निधि, उपसभापति, नेपाली का‌ंग्रेस उपसभापति निधिले पार्टी भित्र गुट/उपगुट नरहेको दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान मस्यौदामाथि फरक मत रहेपनि त्यसलाई गुट/उपगुटको रुपमा बुझ्न नहुने स्पष्ट पार्नुभयो ।

shares