Breaking News

सरकारविरुद्ध कांग्रेसको संयुक्त प्रदर्शन

काठमाण्डौ, ८ साउन । वर्तमान सरकारले मुलुकमा सर्वसत्तावाद लादेको भन्दै नेपाली कांग्रेसले आज पनि काठमाडौंमा प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेस काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रूपमा आज काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रर्दशन गरेको हो ।

काठमाडौंको माइतीघरबाट आएको विरोध ¥याली नयाँ बानेश्वरमा आएर कोण सभामा परिणत भएको थियो । उनीहरूले सरकार सर्वसत्तावाद लाद्न खोजेको भन्दै सरकारले आफ्ना गतिविधि नसच्याए देशभर आन्दोलनबाटै सत्ता ढाल्ने चेतावनी दिएका छन् ।

उनीहरूले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिब्यक्तिप्रति पनि कडा आपत्ति जनाएका छन् ।

केही दिनयता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको कामकारवाही प्रति असन्तुष्टि राख्दै र डा. केसीका माग सम्बोधन गर्न माग राख्दै विरोध प्रर्दशन गर्दै आइरहेको छ ।

shares