सरकारले राष्ट्रपतिलार्इ बुझायाे सुरक्षा प्रतिवेदन

सरकारले आन्तरिक सुरक्षा परिस्थिति र विश्लेषणसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदनमा नेपालका सुरक्षा चुनौतिको किटान गरिएको छ ।

प्रतिवेदनमा आतङ्कवाद, जलवायु परिवर्तन, आन्तरिक सुरक्षा चुनौती, विखण्डनकारी एवं सशस्त्र समूहका आपराधिक गतिविधि, शरणार्थी समस्या तथा क्षेत्रीय मुलुककबीचको तनावलाई नेपालको सुरक्षा चुनौतिका रुपमा उल्लेख गरिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

प्रतिवेदनमा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था, अन्तरराष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा परिस्थिति र विश्लेषण छ । प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले हाल राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा चुनौतीबाट कुनै खतरा नदेखिएको र राष्ट्रको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

संविधानको धारा २६६ मा प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद् रहने व्यवस्था छ ।

shares