सरकारबाट साना किसानले लिएकाे ऋण मिनाहाकाे घाेषणा

सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएकाे ऋण मिनाहा गरेकाे छ ।

सोमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकका निर्णय चार दिनपछि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुल बाँस्काेटाले ६ सय जना साना किसानले तिर्नुपर्ने ऋणबापतकाे साढे २९ कराेड रुपैयाँ मिनाहा भएको जानकारी दिनुभयो ।

 यस्तै सरकारले कपडा उद्योगीका लागि विशेष सहुलियत याेजना पनि ल्याएकाे छ । स्वदेशी कपडाले विदेशी कपडासँग प्रतिपर्धा गर्न नसकको भन्दै सरकारले आन्दोलित उद्योगीलाई सहुलियत दिने निर्णय गरेकाे छ ।

 बैठकले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचलाउने निर्णय गरेको छ । अब दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नबोक्न सरकारलाई सबैलाई अपील गरेको छ । सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायाेजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेकाे अध्यादेश परामर्शका लागि लाेकसेवा आयाेगमा पठाउने निर्णय पनि गरेकाे छ

shares