Breaking News

सबै कम्युनिस्टसँग वैचारिक संघर्ष गर्ने कांग्रेसकाे घाेषणा

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सबै कम्पुष्टिहरु एकै खालका भन्दै उनीहरुसँग बैचारीक संघर्ष गर्ने योजना सहितको राजीतिक प्रस्ताव तयार पारेको छ।

कांग्रेसका केन्दीय सदस्य नरहरी आचर्यले राजनीतिक प्रस्ताव मस्यौदा समितीमा पेश गरको प्रस्तावमा कम्युनिष्टहरुसँग वैचारीसक संघर्ष सुरु भएको उल्लेख छ । प्रस्तावमा कांग्रेसको भावी कार्यदिशा, सरकार र अन्य दलको विश्लेषण गरिएको स्रोतले जनाएको छ।

प्रस्तावमा कम्युनिस्टको सरकार नेकपा अधिनायकवादतर्फ उन्मुख भएको जनाएको छ । राजनीतिक प्रस्तावमा कांग्रेसले संविधान र त्यसका मूल विषयहरु संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायत आफ्नो नेतृत्वमा भएको उपलब्धी भनेर दाबी गरेको छ। कांग्रेसले यसप्रति पूर्ण प्रतिवद्ध रहने बताउँदै संविधानको रक्षाका साथै सुशासन, राजनीतिक स्थिरता र विकासका पक्षमा कम्युनिस्टहरुसँग सहकार्य गर्न सकिने बताएको छ। त्यस्तै सबै कम्युनिस्ट लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक शक्तिहरूविरुद्ध गोलबद्ध हुँदै गएको दस्तावेजमा उल्लेख छ ।

मंसिर नौ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमसँगका संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्य गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्न विमलेन्द्र निधीको संयोजकत्वमा पाँच सदस्यीय समायोज समितिपनि गठन गरेको छ। समतिमा आज विजयकुमार गच्छदार महेश आचार्य र दिपक गिरीलाई नियुक्त गरेको छ।

shares