Breaking News

संघीय समाजबादी फोरमको केन्द्रीय समिति बैठक बस्दै

उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम नेपालको केन्द्रीय समिति बैठक शुरु हुँदैछ ।

ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा विहान ११ बजे बस्ने बैठमा महाधिबेशन तयारी, समसामयिक राजनीति र सरकारकाे सम्बन्धमा छलफल हुने छ । दुई दिनसम्म बस्ने बैठकले राजनीतिक समितिले तयार पारेको प्रतिवेदन पारित गर्ने महासचिव रामसहाय यादवले बताउनुभयाे ।

फोरमले माघ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने तयारी गरेको थियो । अबको महाधिवेशन बैशाख २८ देखि ३० सम्म हुने छ । सरकारमा सहभागी भएपछि संविधान संशोधनको विषयमा के कति काम भयो त्यस विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने महासचिव यादवले जानकारी दिनुभयाे । सरकारमा सहभागी हुँदा सरकारसँग गरिएका सहमति कार्यान्वयनका लागि पनि दबाब दिने फोरमको योजना छ ।

shares