शेयर बजारका लगानीकर्ता आईतबारदेखि आमरण अनसन बस्दै

पुँजी बजारको विकास र विस्तारका लागि भन्दै रिले अनसनमा बसेका लगानीकर्ताले आईतबारदेखि आमरण अनसन बस्ने चेतावनी दिएका छन ।

छ दिनदेखि अनसनमा बस्दा पनि माग सुनुवाई नभएपछि उनीहरुले आमरण अनसनमा बस्ने चेतावनी दिएका हुन । अनसनरत लगानीकर्ताले आज बिज्ञप्ति निकालेर अर्थमन्त्री डाक्टर युवराज खतिवडा सहित गभर्नर, बीमा समितिका अध्यक्ष, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका अध्यक्ष र प्रमुख कार्यकारी निर्देशकको राजीनामा मागेका छन ।

शेयर लगानीकर्ताको अनसनमा चितवन, बुटवल, नेपालगंज सहित देशका विभिन्न स्थानका लगानीकर्ताले साथ दिइरहेका छन । त्यस्तै विभिन्न क्षेत्र तथा राजनीतिक दलले समेत सेयर लगानीकर्ताको अनसनमा एक्यवद्धता जनाएका छन ।

shares