वेवारिसे ड्रोनका कारण विमानस्थल अबरुद्ध

वेवारिसे ड्रोनका कारण बेलायतको ब्यस्त विमानस्थल ग्याटविक अबरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका छन् ।  ग्याटविकको धावनमार्गमाथि बुधबार राती अचानक २ वटा ड्रोन उडेको देखिएपछि विमानस्थलमा उडानहरु स्थगित गरिएको हो ।

विमानस्थलका अनुसार बिहीबार उडान सूचीमा भएका ७ सय ६० उडानहरु रद्द गरिएका छन्, जसका कारण १ लाख १० हजार यात्रुहरु अलपत्र परेका हुन् । सुरक्षा खतराका कारण उडिरहेको ड्रोन रोक्न प्रहरीले गोली प्रहार गर्नुको साटो ड्रोन संचालकको खोजी गरिरहेकोले अझै पनि थुप्रै विमानहरुले उडान भरेका छैनन् । प्रहरीले उक्त ड्रोन आतंकबादसँग सम्बन्धित नभएको जनाएको छ ।

shares