विमानस्थल सुदृढीकरणमा पूर्वाधार विकासलाई तीव्रता

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ ।  प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउनुभयो ।

नेपालमा ५० मध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । कालीकोटको कोटवाडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्धाभगवती, सन्धिखर्कमा रहेको बिमानस्थल निर्माणाधिन छन् ।

देशभरका ३१ विमानस्थल कालोपत्रे भइसकेका छन् । गत आर्थिक वर्षमा नेपालगञ्ज विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र थप दुई वटा आन्तरिक विमानस्थल साँफेबगर र राजविराज विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न भएको छ । आन्तरिकमा थप पाँच विमानस्थलःलामीडाँडा, थामखर्क, डोटी दीपायल, बैतडी र कालीकोटमा कालोपत्रे भइरहेका छन् ।

shares