सलामी विनै पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि भाेली गरिदै

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको छ । गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेकाे छ ।

पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीले ‘सलामी दिनेबारे सरकारले साेधेकाे तर अाफुहरुले अस्वीकार गरेकाे बताउनुभयाे । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ ।

डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिनुभएकाे पनि उहाँले बताउनुयाे ।  ‘विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेको उहाँले बताउनुभयाे ।

पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।

मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएका गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उहाँकै निवासमा राखिएको छ ।

shares