विधान निर्माणप्रति असन्तुष्ट पक्षले गरे महासमिति बैठकस्थलमै पत्रकार सम्लेन

काठमाडाैं । नेपाली कांग्रेसका १२ जना महासमिति सदस्यले पार्टीको केन्द्रीय कार्यसमिति विधान बनाउन असफल भएको आरोप लगाएका छन् । उनीहरुले महासमिति बैठकस्थलमा नै पत्रकार सम्मेलन गरेर नेतृत्वले विधान बनाउन नसके आफूहरु विधान बनाउन तयार रहेको बताएका छन् ।

उनीहरुले विधान तयार नभएकाे बहानामा महासमिति सदस्यहरुलाई झुलाउने काम भएको भन्दै आपत्ति पनि जनाएका छन् । यसरी पत्रकार सम्मेलन गर्नेमा सुबासकुमार पाेखरेल, दीपक खड्का, उमेशजंग रायमाझी, राजीव विक्रम शाह, विनिता अधिकारीलगायतका छन् ।

 

 

 

 

shares