Breaking News

लोकतान्त्रिक विधिबाट अघि बढ्न कांग्रेसलार्इ प्रम अोलीको अाग्रह

काठमाण्डौ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली कांंग्रेसलार्इ आग्रह गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय धूम्बाराहीमा मंगलबार आयोजित कार्यक्रममा कांग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गरे । उनले अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य रहेको भन्दै त्यसलाई नियन्त्रण गरिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले कांग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाए । डाक्टर गोविन्द केसीको अनशन र उनको मागमा काँग्रेस मिसिएको भन्दै उनले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हड्ताल गर्नु उचित नभएको बताउँदै डाक्टर केसीलाई सघन उपचार आवश्यक पर्ने देखिएकोले काठमाडौँ ल्याइएको स्पष्ट गरे । उनले सरकारले घोषणा गरेको विकासको कार्यक्रमलाई पनि मजाक बनाइएको धारणा राखे ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरूले दिएका अभिव्यक्तिको निगरानी गरिरहेको उल्लेख गरे ।

shares