रेलमार्ग निर्माणमा भारतकाे सहयाेग रहने राजदूत पुरीकाे भनाई

नेपालका लागि भारतिय राजदूत मञ्जीप सिंह पुरीले नेपालमा रेलमार्ग निर्माण, सडकमार्ग विस्तारदेखि वन्दरगाहसम्म व्यवस्थित गर्न सहयाेग गर्ने बताउनु भएकाे छ ।

विराटनगरमा बुधबार आयाेजित सीमा क्षेत्रका समस्या सम्वन्धि कार्यक्रममा उद्याेगी व्यवसायीले विभिन्न समस्या उठाएपछि राजदूत पुरीले सहयोगको प्रतिबद्धता जनाउनु भएको हाे । कार्यक्रममा व्यवसायीले औद्योगिक कच्चापदार्थ आयात-निर्यातमा हुनेगरेका समस्या राख्दै नेपाल र भारतबीचकाे व्यापार सहज बनाउन आग्रह गरेका थिए ।

shares