रुँदैरुँदै पूर्व लडाकु भन्छन्- ‘गणतान्त्रिक सरकारले हाम्राे दु:ख सुनेन’

 राज सरगम

काठमाडाैं । पुसको यो चिसो मौसमले धेरैको मुटु हुल्लाईदिन्छ । तर, चिसोको वेवास्ता गर्दै ६ जना पूर्व लडाकु पाँच दिनदेखि आमरण अनशनमा छन् । तर, अनशनस्थलकै बाटो एसीजडित गाडीमा दौडिने मन्त्रीहरु अनशनकारीतिर आँखा पनि घुमाउँदैनन् ।

गणतान्त्रिक सरकराका मन्त्रीहरु दैनिक यहीबाटो भएर पुल्चोक र सिंहदरवार आवात जावात गर्नुहुन्छ । तर, उहाँहरुको नजरमा यो दृष्य परेको छैन्, वा उहाँहरु यो दृष्य देख्नै चाहनुहुन्न ।

मंसिर २७ देखि यहाँ ६ जना पूर्व लडाकु आमरण अनशनमा हुनुहुन्छ । माओवादी जनयुद्धका घाइते काठमाडौंको यो चिसोसँग लड्दै अनशनमा हुनुहुन्छ । मकवानपुरका मंगलसिंह प्रजा, बर्दियाका लीलाचन्द कामी, कालीकोटमा संग्रामी सार्की, दैलेखबाट नरवीर दमाई, जुम्लाबाट वीरबहादुर परियार र कालीकोटका मानबहादुर दर्जी अनशन बस्नु भएको छ ।

पाँच बुँदे माग राखेर उहाँहरुको अनशन शुरु भएको छ । माग के छन्, आफै हेर्नुस् । अनसनकारीका माग त हेरि नै हाल्नुभयो । अहिले अनशन बस्दाका दुख पनि हेर्नुस् ।  यहाँ अनशन बसेका मध्ये एक जनालाई प्रहरीले अनशसनस्थलबाटै लिएर गएको छ । पूर्वलडाकुले आफ्ना दुख राखेको धेरै भयो । त्यसैले माग सम्बोधन नभएसम्म अनशन कायम राख्ने अडान छ ।

माग पूरा नभएपछि एक पूर्व लडाकु कुल प्रसाद भट्टराईले त मंसीर ५ गते गृहमन्त्री रामबहादुर थापाकै अगाडि विष सेवन गर्नु भएको थियो । पुल्चोकस्थित मन्त्री क्वाटर पस्ने बेला उहाँलाई मंसिर २७ गते प्रहरीले झोलामा मेटासिट र सुसाइड नोटसहित पक्राउ गरेको थियो ।

लडाकुका कमान्डर अहिले शक्ति र सत्तामा छन् । तर, असन्तुष्ट लडाकूका दुख सडकमै छन् । पूर्व लडाकुका आधारभूत माग पुरा गर्ने, तत्कालीन माओवादी नेतृत्व र राज्यका लागि सजिलो विकल्प छ । यदि माग पुरा भएन भने पूर्व लडाकुलाई कसैले दुरुपयोग गर्ने खतरा हुन सक्छ । र, रुँदैरुँदै यी पूर्व लडाकुले चेतावनी दिएजस्तै भयो भने त्यो पक्कै पनि सुखद हुने छैन् ।

shares