रोयल्टीको लफडा – यातायातका हाकिम र स्रष्टाबीच चर्काचर्की

राज सरगम

काठमाडाैं । यातायात कार्यालयका आधा कर्मचारी अख्तियारको जालमा परेको रिपोर्ट त तपाईंले हेरिहाल्नुभयो । अख्तियारको जालमा नपरेका कर्मचारीका पनि दुखै छन् । नत्र रोयल्टीको माग लिएर गएका स्रष्टासँग कर्मचारीले यो महाभारत गर्नै पर्ने थिएन । हेर्नुस, एकान्तकुनामा देखिएको यो महाभारत ।

यो एकान्तकुना यातायात व्यवस्था कार्यलय बाहिरको दृष्य हो । यो होहल्ला यहाँ काम नभएर वा ढिला भएर भएको होइन । न त कुनै घुस लेनदेनको विषय नै हो ।  यहाँ यसरी कर्मचारीसँग सवालजवाफ गर्ने स्रष्टा हुन् ।

यो विवाद रोयल्टीलाई लिएर भएको हो ।  सार्वजनिक यातायातमा गीत बजाए बापत रोयल्टी दिनेक्रम रोकिएपछि स्रष्टा यातायात व्यवस्था विभाग कार्यलय पुगे । रोयल्टी चैत्र १९ गतेबाट दिन थालिएको थियो । तर, तुरुन्तै रोकियो । फेरि सुचारु गर्न स्रष्टा यातायात व्यवस्था कार्यालय पुगे । यहाँ के के भयो, यही दृष्यले भन्छ ।

झन्डै हात हालाहालको अबस्था आयो । त्यसपछि कर्मचारी पनि बोल्न थाले । अबस्था यति चक्रियो कि झगडा मिलाउन प्रहरी नै आउनु पर्यो ।  त्यसपछि कार्यलय प्रमुखको कार्यकक्षमै दुईपक्षवीच वार्ता शुरु भयो । तर, यहाँ पनि वार्ता थोरै र झगडा धेरै देखियो ।  झगडा र वार्ता शान्त हुँदै गयो । र, सहमति बन्यो ।

गीतसंगीत कलाकारको बौद्धिक सम्पत्ति हो। उनीहरुकाे बौद्धिक सम्पत्तिकाे रक्षा प्रतिलिपि अधिकार ऐन, २०५९ ले पनि गरेको छ। त्यसैले स्रष्टाको बौद्धिक सम्पत्ति संरक्षण गर्नेतिर ध्यान दिने कि ?

shares