राती राती सडक पखाल्दै महानगरपालिका

काठमाण्डौ २३ बैशाख । धुलोका कारण काठमाडौंमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले रातीको समयमा सडक पखाल्ने कामलाई निरन्तरता दिएको छ ।
रात्रीकालीन सडक सफाईको छैटौ दिन गएराती काठमाडौ महानगरले भद्रकाली सहिदगेट हुदै सुन्धारा चोकसम्मको सडकखण्ड सफा गरेको छ । महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेल सहित महानगरका अन्य अधिकारीको उपस्थीतीमा राती एक बजेसम्म सरसफाई गरिएको हो । सडक सफाइमा ८० हजार लिटर पानी प्रयोग भएको थियो । सफाईका लागी महानगरले तीन वटा जेट , ३ वटा ट्याङ्कर र एउटा दमकलका साथै महानगरिय प्रहरीका तर्फवाट एउटा ट्याङ्कर प्रयोग गरिएको थियो ।

shares