Breaking News

युवालाई कृषिमा प्रोत्साहन गर्न कृषि उपकरण वितरण

सन्तोष बस्याल/पाल्पा १८ मंसिर । पाल्पाकाे रिब्दीकोट गाउँपालिकाले ८ वटा वडाका कृषकलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ ।

कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित कुटानी पिसानी मिल तथा खाडल खन्ने उपकरण वितरण गरिएको हो । सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले अाधुनिक सामग्रीले कृषकको समय बचत हुने र कम परिश्रममा धेरै उत्पादन गरी राम्रो आर्यआर्जन गर्न सकिने बताए ।

रिब्दीकोट गाउँपालिकाको ५० प्रतिशत अनुदानमा नौ लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरिएको हो । कृषि सामग्रीको प्रयोगले उत्पादनमा वृद्धि हुनुको साथै कृषि क्षेत्रमा लाग्न नचाहने युवाहरूलाई पनि कृषिमा लगाउन हौसला मिलेको कृषकहरूको भनाइ छ ।

shares