मेलम्ची आयोजना समयमै सम्मपन्न गर्न खनालकाे जाेड

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना समयमै सम्मपन्न गर्न सबैपक्षले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले आयोजना निर्माणको अन्तर्राष्ट्रिय ठेकेदार इटलीयन कम्पनी सिएमसीले के कारणले अन्तिममा आएर काम छाडेकाे हाे भन्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयाे ।

पूर्वप्रधानमन्त्री खनालले चारदशक काम गरेर आयोजना सम्पन्नको अन्तमा कम्पनीले काम छाड्नु दुःखद भएकाे भन्दै मेलम्चीको खानेपानी काठमाडौँमा आउँछ भन्नेमा उपत्यकावासीकाे विस्वास हराउँदै गएकाे बताउनुभयाे ।

खानेपानी मन्त्री विना मगरले गए दशैंमा नै उपत्यकाबासीलाई उपहारस्वरुप मेलम्चीकाे पानी विरण गर्ने आस्वासन दिनुभएकाे थियाे ।

shares