मनिता देवकोटा मिस युनिभर्सकाे टप टेनमा

काठमाडाै‌ं । मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० बाट बाहिरिनुभएकाे छ । थाइल्याण्डको बैंककमा भएकाे अन्तिम प्रतिस्पर्धामा देवकोटा एशिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल हुनुभएकाे थियाे ।

अमेरिका, युरोप र एशिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एशिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा पर्नुभएकाे हाे ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यहि मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो । मिस युनिभर्स २०१८ को उपाधि भने फिलिपिन्सकी क्याट्रिओना ग्रेले जित्नुभएकाे छ । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए ।

shares