भैरहवालार्इ हराउँदै ललितपुर एभरेष्ट प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा

काठमाडाैं । ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

लिग चरणको अन्तिम खेलमा आज शरद भेषावकरको भैरहवा ग्लाडयिटर्सलाई ६ विकेटले हराउँदै ज्ञानेन्द्र मल्ल नेतत्वको ललितपुर क्वालिफायरमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवालाई ९३ रनमा सीमित गरेको ललितपुरले पन्ध्रौं ओभरमा लक्ष्य पुरा गर्यो । ललितपुरको लागि पवन सर्राफले २५ रन बनाए भने जयकिशन कोल्सावालाले २२ रन जोडे ।

१९ ओभरमै अल अलआउट भएको भैरहवाका लागि रायन टेन डोसकाटले सर्वाधिक ३७ रन र रवि इन्दर सिंहले २५ रन जोडे ।

भैरहवालाई सस्तैमा सीमित गर्न ललितपुरका सन्नी पटेलले ५ विकेट लिए । यस्तै योगेन्द्र सिंह कार्की र राशिद खानले २-२ विकेट लिए ।

shares