Breaking News

भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. हेल्पटनलाई

काठमाण्डौ, ९ साउन । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डाक्टर जोन हेल्पटनलाई प्रदान गरेको छ ।

भीमसेन थापाको २४३ औँ जन्मजयन्तीका अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा जोन हेल्पटनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका राशी रु ५१ हजार एक सय ११ रहेको छ ।

नेपालको इतिहासबारे गहन अध्ययन, अनुसन्धान तथा लेखनमा विशिष्ट योगदान पु¥याई नेपालको इतिहासलाई विश्वको सामुन्ने प्रस्तुत गरेको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

हेल्पटनले नेपालको इतिहासका विविध पक्षबारे गहन अध्ययन गरी धेरै पुस्तक र अनेकौँ अनुसन्धानात्मक लेख लेखेका छन् । पुरस्कार प्रदान गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालको भाषा संस्कृतिलाई विश्वसामु पुर्याउन सहयोगी भूमिका खेलेको भन्दै डाक्टर हेल्पटनको प्रशंसा गरेका थिए ।

विगत दुई दशकदेखि क्रियाशील यस प्रतिष्ठानले इतिहासका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

shares