Breaking News

भारतको अमृतसरमा रेल दुर्घटना, ५० जनाको मृत्यु

भारतको पञ्जाबस्थित अमृतसरमा रेल दुर्घटना भएको छ । पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलाई ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय भन्दाबढी घाइते भएका छन् ।

अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकैे रावणको पुत्ला दहन गरिरहेको बेला रेल दुर्घटना भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उहाले तत्काल आवश्यक सहयोगका लागि अधिकारीहरुलाई निर्देशन दिइएको उल्लेख गरेका छन् ।

shares