Breaking News

भक्तपुर प्रहरीले गर्‍यो ३ वर्षपछि फरार अभियुक्त पक्राउ

भक्तपुर, १० साउन । भक्तपुर प्रहरीले एक जना फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिकाका–३ बस्ने २४ वर्षीय सन्जोग मल्ल ठकुरी रहेका छन् । ठकुरीमाथि सोही ठाउँ बस्ने ७० वर्षीय गौतम हमाललाई २०७२ असार २२ गते हत्या गरी फरार रहेको आरोप छ ।

ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट बुधबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए ।

भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सँजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले बताए ।

shares