बिघटनकाे संघारमा साझा प्रकाशन

 राज सरगम

साझा प्रकाशनबाट अवकाश लिएका पूर्वकर्मचारी अनुदानबापतको रकम नपाएको भन्दै आन्दोलित भएकाे पनि पाँचमहिना भइसक्याे । साझाले गरेको प्रतिबद्धता पूरा गर्न नसकेपछि साउन १ गतेबाट प्रकाशनको कार्यालय परिसरमा पूर्वकर्मचारी धर्ना दिइरहेका छन् ।

चन्द्रसि‌ंह रावल साझा प्रकाशनका पूर्व कर्मचारी हुनुहुन्छ। कञ्चनपुर जिल्लाकाे महेन्द्रनगर शाखामा ३२ वर्ष कार्यरत रहनु भयाे । अाफ्नाे पारिश्रिमक लिन अाएकाे पनि पाँच महिना भयाे । पारिश्रम नपाइ नफर्कने वहाँकाे अठाेट नै छ ।

चन्द्रसि‌ंह रावल जस्तै पीडित हुनुहुन्छ विराटनगरदेखि अाउनु भएका प्रेम बुढाथाेकी । २०७४ पुस मसान्तिभत्र कर्मचारीले पाउनु पर्ने सबै रकम चुक्ता गर्ने प्रतिबद्धता वर्तमान अध्यक्ष तथा महाप्रवन्धककाे थियाे ।

पहिलाे प्रतिबद्धता तुहिएकाे पाँच महिनापछि २०७५ असार मसान्तभित्र उपलब्ध गराउने दाेस्राे प्रतिबद्धता पनि गरियाे । पारिश्रम भुक्तानी गर्न नसकेकाे खण्डमा उमेर हद सेवा र निवृत्त कर्मचारीलाई करारमा नियुक्ति गर्ने प्रतिबद्धता पनि थियाे । तर न पारिश्रम पाए, न त पुन: नियुक्त गरियाे ।

पूर्वकर्मचारी कुमार प्रसाद सुवेदी साझा प्रकाशनका महाप्रबन्धक लक्ष्मी बाेहाराप्रति यसाे भन्नुहुन्छ  । प्रतिकर्मचारीले कम्तीमा ५० हजारदेखि बढीमा ३५ लाखसम्मकाे रकम पाउनु पार्ने छ ।

१ सय २८ जना पूर्वकर्मचारीले कर कट्टी गरेर पाउनु पर्ने कुल रकम १७ कराेड अफिसकाे हिसाबले देखाउछ । धिरेन्द्र खनाल  पछिल्लाे पाँच वर्ष व्यवस्थापकीय विवाद र आर्थिक असन्तुलनले डुब्न थालेको साझा प्रकाशनकाे भविष्य त अँध्याराे छ नै ।

महाप्रबन्धककाे मनाेमानीले पूर्वकर्मचारीकाे मागकाे सुनवाइमा समेत ढिलाइ भइरहेकाे छ ।

shares