बिग ब्यास लिगमा दुई विकेट लिदै सन्दीपले गरे शानदार डेब्यू

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् । मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन् ।

मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । उनले दोस्रो बलमै शेन वाट्सनको विकेट लिए ।

ओभरको अन्तिम बलमा क्यालम फर्गुसनको विकेट लिए । त्यसपछि आफ्नो तीन ओभरमा भने उनले विकेट लिन सकेनन् र समग्र चार ओभरमा ३६ रन खर्चिए ।

खेलको पूर्वसन्ध्यामा मेलबर्न स्टार्सका कप्तान म्याक्सवेलले सन्दीपको खुलेर प्रशंसा गरेका थिए । आईपीला नै सन्दीपबाट आफू प्रभावित भएको उनको भनाइ छ ।

shares