Breaking News

बाराको चिनी फ्याक्ट्रीमा अागलागी

बारा, ७ साउन । बारा जिल्लाको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा आगलागी भएको छ ।

सोमबार बिहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको जनाइएको छ । फ्र्याक्ट्रीमा लागेको आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल उद्योगतर्फ प्रस्थान गरेको छ ।

बाराका डीएसपी रञ्जितसिंह राठौरले आगालागीबाट धेरै ठूलो क्षति हुनसक्ने हुनाले दमकल बोलाइएको बताए ।

shares